डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै
nepalnews.com · Tue Aug 11 08:35:37 GMT 2026

काठमाडौँ। डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै गएको छ। वित्तीय प्रविधि (फिनटेक) र डिजिटल भुक्तानीमा मात्र सीमित नरही कन्टेन्ट क्रिएसन, गिग इकोनोमी, एल्गोरिदमलगायत क्षेत्रमा विस्तारभइ फराकिलो हुँदै गएको विज्ञहरूले बताएका छन्।
राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आयोजित ‘डिजिटल अर्थतन्त्र’ सम्बन्धी छलफलमा विज्ञ रमाकान्त पाण्डेले डिजिटल अर्थतन्त्रको प्रभाव नेपाली बजारमा प्रभावकारी देखिएको बताए। उनले कन्टेन्ट क्रिएटर र इन्फ्लुएन्सरको गतिविधिले अर्थतन्त्रमा प्रभाव पार्न थालेको उल्लेख गर्दै डिजिटल प्रविधिको विकाससँगै नयाँ प्रकारका व्यवसाय र रोजगारीका क्षेत्र सिर्जना भइरहेको बताए। “हिजो हामीले फिनटेक र डिजिटल मनीलाई मात्रै डिजिटल अर्थतन्त्रको रूपमा हेरिरहेका थियौँ, अहिले त्यो संरचनाबाट बाहिर आएका छौँ,” उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)