नारायणी अस्पतालमा ‘एन्टी स्नेक भेनम’ नहुँदा सर्पदशंका बिरामीले पाएनन् उपचार
annapurnapost.com · Tue Aug 11 08:34:51 GMT 2026

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा सर्पले टोकेपछि बिरामीलाई लगाइने एन्टी स्नेक भेनम (एएसभी) नामक इन्जेक्शन (सुई) दुई दिनदेखि सकिएको छ । जसका कारण सर्पले डसेका बिरामीहरुलाई अस्पतालले अन्यत्र पठाउन थालेको छ । सोमबार नारायणी अस्पताल प्रशासनले नै एक सूचना जारी गर्दै सर्पले टोकेपछि बिरामीलाई लगाइने एन्टी स्नेक भेनम इन्जेक्शनको मौज्दात अस्पतालमा सोमबारदेखि सकिएको र तालुक कार्यालयबाट प्राप्त नभएकाले यसबाट बिरामीमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।
नारायणी अस्पतालमा उपचारका लागि दैनिक सरदर सात आठ जना सर्प दंशका बिरामी आउने गरेको अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी प्रहलादप्रसाद साहले बताए । तर सोमबारदेखि एन्टी स्नेक भेनम इन्जेक्शनको मौज्दात सकिएका कारण उपचारका लागि आउने सर्पदंशका बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता रहेको उनले सुनाए । उनका अनुसार, नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाहीलगायतका जिल्लाबाट सर्पदंशका बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)