हर्क साम्पाङको सरकारमाथि कटाक्ष : ‘मन्त्रालयमा एसीको हावा खाएर बसेर देश भेटिँदैन’
kalakarmi.com · Tue Aug 11 08:44:20 GMT 2026

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार नागरिकलाई सुरक्षा, न्याय, सेवा सुविधा र अवसर दिन असफल भएको आरोप लगाएका छन् ।
मंगलवार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले देशमा नागरिक तथा सांसदसमेत सुरक्षित नरहेको बताए । उनले प्रधानमन्त्रीले नैतिक तथा पदीय जिम्मेवारी बहन गर्दै संसदमा उपस्थित हुनुपर्ने माग गरे । साम्पाङले प्रधानमन्त्रीले आफूहरूले साढे दुई महिनादेखि संसद्मा उपस्थित हुन माग गरिरहेपनि आउन नमानेको भन्दै बालहठ नगर्न आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)