मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्रपा महाधिवेशन : नयाँ कार्यसमिति चुन्न शनिबार मतदान हुने 

ekantipur.com · Fri Dec 03 00:57:50 GMT 2021

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सुरु भएको दोस्रो दिन प्रतिनिधिको विवाद टुंगिएपछि निर्वाचन प्रक्रिया अघि बढेको छ । जिल्लाले पठाएको भन्दा फरक व्यक्तिको नाम प्रतिनिधिमा समावेश गरिएको भन्दै विरोध भएपछि केन्द्रीय निर्वाचन समितिले छानबिन समिति बनाएको थियो ।

सर्लाहीबाट दुईवटा समूहमा प्रतिनिधि पठाइएको, ललितपुरबाट तोकिएको भन्दा दुई जना प्रतिनिधिको नाम थपिएको र भक्तपुरमा निर्वाचन नै नगरी भागबन्डामा प्रतिनिधि चयन गरिएपछि विवाद भएको थियो । भक्तपुरमा प्रतिनिधि छनोटको निर्वाचन नहुँदा नगर, प्रदेश, क्षेत्र र जिल्लाका प्रतिनिधि आउनै सकेनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)