मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कुवेतमा अमेरिकी लडाकु जहाज खसालियो, दूतावासमा धुवाँको मुस्लो

barnanmedia.com · Mon Mar 02 22:11:04 GMT 2026

इरान र इजरायलबीच बढ्दो सैन्य मुठभेडका कारण खाडी क्षेत्रको सुरक्षा अवस्था अत्यन्तै नाजुक मोडमा पुगेको छ। शनिबार अमेरिका र इजरायलले इरानमाथि गरेको भीषण आक्रमणपछि यस क्षेत्रमा युद्धको बादल मडारिएको छ। विशेष गरी इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको मृत्युको खबरले क्षेत्रीय शक्ति सन्तुलनमा हलचल पैदा गरेको छ।

यसै तनावपूर्ण वातावरणबीच सोमबार बिहान कुवेतमा धेरै अमेरिकी लडाकु विमानहरू जमिनमा खसेका छन्। कुवेतको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार विमानमा रहेका चालक दलका सदस्यहरू सुरक्षित छन्। उनीहरूलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको छ। मन्त्रालयले भनेको छ, "हामी हाम्रा अमेरिकी सहयोगीहरूसँग घटनाको परिस्थिति र कारणबारे निरन्तर संवादमा छौँ, यसबारे थप अनुसन्धान जारी छ।"

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)