कोर्रा लगाउने कानुन बनाउन हर्क साम्पाङको प्रस्ताव
nepalviews.com · Tue Aug 11 08:54:01 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले धार्मिक स्थलमा तोडफोड र आगजनी गर्ने तथा गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कोर्रा लगाउने व्यवस्थासहितको कानुन बनाउन प्रस्ताव गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले अपराध नियन्त्रणमा कमजोरी देखाएको आरोप लगाए । "मेरो तेरो नभनी कर्याप झ्याप पारेर हानौँ न कोर्रै–कोर्राले । त्यस्तो कानुन बनाऔँ । यही हो कानुन बनाउने ठाउँ," साम्पाङले भने । उनले अहिलेको कानुनी प्रक्रिया प्रभावकारी नभएको टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)