भीम रावललाई ओलीको स्पष्ट सन्देश : लेखराज भट्टलाई छाड्न सकिँदैन
nepalbahas.com · Tue Oct 26 01:00:42 GMT 2021
९ कार्तिक, काठमाडौं । दुईदिवसीय जिल्ला भ्रमणमा नेकपा एमाले अध्यक्ष केपी ओली आइतबार झापा पुगे । चुनावी तयारीकै झल्को दिनेगरी भएको झापा भ्रमणमा ओलीसँग पार्टीका सांसदहरु, विद्यार्थी नेता तथा कलाकारसँगै थिए । साथमा थिए, पूर्वमाओवादी नेता लेखराज भट्ट, जो अहिले एमाले स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज छन् ।
नेता भट्टलाई ओलीले आफ्नो गृहजिल्ला लैजानु आफैंमा अर्थपूर्ण थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भीआईपी कक्षदेखि नै ओली र भट्ट सँगसँगै थिए । यती एयरलाइन्सको जहाजबाट पूर्व उडान भर्दा ओली र भट्ट सँगै बसे । जहाजमै ओली र भट्टको सामिप्यता लोभलाग्दो देखियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)