वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ
annapurnapost.com · Tue Aug 11 09:02:16 GMT 2026

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा कञ्चनपुरको भीमदत्त नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-८ बस्ने ३० वर्षीय करण ऐर, काठमाडौं महानगरपालिका-१२ बस्ने बुढानिलकण्ठ नगरपालिका-१३ घर भएकी ३० वर्षीया सुनिता श्रेष्ठ, मोरङको बेलबारी नगरपालिका-२ घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका-५ बस्ने ३६ वर्षीय प्रेम पुरी, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बस्ने ४२ वर्षीय अच्युत दुलाल र कालिकोटको खाँडाचक्र नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२८ बस्ने ३५ वर्षीय बिर्ख बहादुर विक रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)