शेखर कोइरालाले गरे ‘कोइराला निवास’ मर्मतका लागि विनियोजित दुई करोड अस्वीकार
annapurnapost.com · Tue Aug 11 09:05:29 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित कोइराला निवास मर्मत–संरक्षणका लागि विनियोजित बजेट अस्वीकार गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पठाएको पत्रमा कोइरालाले आर्थिक वर्ष २०८३ /०८४ को बजेटमा कोइराला निवास मर्मत तथा संरक्षणका लागि विनियोजन गरिएको दुई करोड रुपैयाँप्रति सरकारलाई धन्यवाद दिँदै उक्त रकम फिर्ता गर्न आग्रह गरेका छन् । उनले साउन २० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै बजेट अस्वीर गरिएको पत्र पठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)