मेटलाइफ नेपालको गण्डकी प्रदेश कार्यालय पोखरामा सञ्चालन
kendrabindu.com · Tue Aug 11 09:19:44 GMT 2026

पोखरा । मेटलाइफ नेपालले पोखरा महानगरपालिका–९, न्युरोडस्थित अव्यक्त कम्प्लेक्समा आफ्नो गण्डकी प्रदेश कार्यालय स्थापना गरेको छ । यस कार्यालयको सञ्चालनसँगै गण्डकी प्रदेशका ग्राहक, बीमा अभिकर्ता तथा व्यावसायिक साझेदारलाई अझ छिटो, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ ।
कार्यालय उद्घाटन समारोहमा नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयका प्रमुख श्री शम्भु प्रसाद मिश्र तथा मेटलाइफ नेपालका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो । नयाँ प्रदेश कार्यालयले गण्डकी प्रदेशका ग्राहकहरूलाई बीमा सम्बन्धी परामर्श, पोलिसी सेवा, दाबी (क्लेम) सम्बन्धी सहजीकरण तथा ग्राहक सेवाजस्ता सुविधाहरू आफ्नै प्रदेशबाट सहज रूपमा उपलब्ध गराउनेछ । साथै, यसले बीमा अभिकर्ताहरु तथा व्यावसायिक साझेदारलाई आवश्यक सहयोग प्रदान गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)