कपिलवस्तुमा चाडपर्व लक्षित ६४ वटा क्यूआरटी परिचालन
ratopati.com · Mon Oct 12 22:59:22 GMT 2026

कपिलवस्तु । चाडपर्वका समयमा शान्ति, सुरक्षा कायम राख्न तथा सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न कपिलवस्तुमा ६४ वटा द्रुत प्रतिक्रिया टोली (क्यूआरटी) परिचालन गरिएको छ । जिल्लाभर सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सोमबारदेखि परिचालन गरिएका टोलीले घटना तथा दुर्घटनाको सूचना प्राप्त हुनासाथ तत्काल घटनास्थलमा पुगेर आवश्यक कारबाही गर्नेछन् ।
प्रत्येक टोलीमा एउटा मोटरसाइकलमा दुई जना प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । उनीहरू आवश्यक हातहतियार, सञ्चार सेट तथा अन्य सुरक्षा सामग्रीसहित परिचालित हुने उनको भनाइ छ । विशेषगरी सवारीसाधन पुग्न कठिन हुने र पैदल हिँडेर पुग्न समय लाग्ने स्थानमा तत्काल प्रहरी सेवा उपलब्ध गराउन क्यूआरटी परिचालन गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)