मैत्रीपूर्ण फुटबलमा नेपाल मलेसियासँग ५–१ गोलले पराजित
Ujyaaloonline.com · Sat Mar 16 01:02:55 GMT 2024
काठमाण्डौ – नेपाल मलेसियासँगको अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलमा ५–१ गोलले पराजित भएको छ । बन्द मैदान यूनिभर्सिटी टेक्नोलोजीमा भएको खेलमा पहिलो ३५ मिनेटमा नेपाल दुई गोलले पछाडि परेको थियो ।
त्यस्तै पछिल्लो एक सय ५ मिनेटमा नेपालले ३ गोल खायो । नेपालका लागि समीर तामाङले एक गोल फर्काए । खेल ३५/३५ मिनेटको चार खण्डमा भएको थियो । नेपाली फुटबल टोली फिफा विश्वकप छनोट खेलमा लागि मलेसियाबाट बहराइन जानेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)