संक्रमितको मृत्युपछि भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात
ekantipur.com · Fri May 28 01:04:17 GMT 2021
नेपालगन्ज — कोरोना संक्रमितको मृत्यु भएपछि उपचारमा लापरबाही गरेको भन्दै नेपालगन्जस्थित भेरी अस्पतालमा आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन् ।
जेठ ४ देखि उपचाररत दाङका ५३ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा बिहीबार राति ८ बजेतिर मृत्यु भएको थियो । उनको मृत्युपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)