सेयर बजारमा सामान्य अंकको सुधार, कारोबार रकम पनि बढ्यो
annapurnapost.com · Tue Aug 11 09:31:40 GMT 2026

काठमाडौं : मंगलबार सेयर बजारमा सामान्य अंकको सुधार देखिएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक ९.०२ अंकले घटेकोमा यसदिन ०.७९ अंकले वृद्धि भएको हो।
यसदिन नेप्से वृद्धि भएसँगै कारोबार रकम पनि बढेको छ। ३४० वटा स्क्रिप्सको ९५ लाख ३४ हजार २२१ कित्ता सेयर ४ अर्ब ११ करोड ९ लाख ७४ हजार ६७४ रुपैयाँमा खरिदबिक्री भए। सो दिन ३ अर्ब ६७ करोड बराबरको सेयर कारोबार भयो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)