रेलको ‘ड्राई रन’आजदेखि
ekantipur.com · Sun Feb 13 01:12:22 GMT 2022
धनुषा — झन्डै डेढ वर्षदेखि धनुषाको जनकनन्दनी गाउँपालिकाको इनर्वामा पार्किङ गरेर राखिएको रेलको आइतबारदेखि ‘ड्राई रन’ गरिने भएको छ । बिहान १० बजे इनर्वाबाट रेल जनकपुरका लागि प्रस्थान गर्नेछ ।
यात्रुलाई नराखी रेलको ड्राई रन सुरु गर्न लागिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । ‘इनर्वाबाट आउने रेल जनकपुर स्टेसनमा केही समय रोकिएर कुर्थाका लागि प्रस्थान गर्नेछ । कुर्थामा केही समयको विश्रामपछि रेल पुनः इनर्वा फर्किनेछ,’ उनले भने, ‘यात्रु आसारपसार भने उद्घाटनपछि मात्रै हुनेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)