एमाले तनहुँ अध्यक्षमा श्रेष्ठ सर्वसम्मत
nepalipatra.com · Sun Jan 09 05:57:54 GMT 2022
तनहुँ । नेकपा एमाले तनहुँको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार उम्मेदवारी दर्ताको क्रममा श्रेष्ठको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएका हुन् ।
उनी यसअघि उपाध्यक्ष रहेका थिए । यसैबीच, अध्यक्षबाहेक अन्य पदमा भने निर्वाचन हुने भएको छ । जसअनुसार उपाध्यक्षमा हरिराज कँडेल, मेखबहादुर थापा, मोहन सुनारको उम्मेदवारी दर्ता भएको छ । यस्तै, सचिवमा विष्णुभक्त सिग्देल, राजेश्वर ढकालले उम्मेदवारी दर्ता गराएका छन् भने उपसचिवमा प्रदीपरा अधिकारी, खिम कुमाल देवु विष्टको उम्मेदवारी परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)