पार्टी दर्ता नहुँदै धवलशम्शेर र दुर्गा प्रसाईंबीच खटपट सुरु
nepalpress.com · Tue Aug 11 09:43:16 GMT 2026

काठमाडौं । राप्रपाबाट अलग्गिएका डा. धवलशम्शेर राणाले अभियन्ता दुर्गा प्रसाईँसित मिलेर गठन गर्न लागेको नयाँ पार्टी औपचारिक दर्ता नहुँदै समस्याग्रस्त बनेको छ । लामो कसरतपछि बल्लतल्ल पार्टीको नाम घोषणा त गरियो, तर दुई पक्षबीच विवाद बढेपछि एकता टिक्नेमै संशय उत्पन्न भएको स्रोतहरू बताउँछन् ।
राप्रपाका पूर्वमहामन्त्री डा. राणा अध्यक्ष रहने गरी ‘जय नेपाल पार्टी’ गठन गर्ने घोषणा भइसकेको छ । पार्टीमा प्रसाईँ सर्वोच्च नेताको हैसियतमा रहने समझदारी भएको थियो । साउन २८ गते निर्वाचन आयोगमा विधिवत् पार्टी दर्ता गर्ने भनिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)