अतिक्रमित जमिनमा उद्योग र पक्की संरचना
gorkhapatraonline.com · Sat May 16 03:15:21 GMT 2026

सरकारले सार्वजनिक जमिनको अतिक्रमण हटाउने प्रक्रिया अगाडि बढाएसँगै पालिकाहरूले तथ्याङ्क सङ्कलन थालेका छन् । सोही क्रममा भीमदत्त नगरपालिकाले सार्वजनिक अतिक्रमणमा परेको जमिनको तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ ।
भीमदत्त नगर विकासको सार्वजनिक जमिनमा हजारौँ भूमिहीन सुकुमवासी अस्थायी टहरा बनाएर बस्दै आएका छन् । नगर विकासका सूचना अधिकारी लक्ष्मणदत्त जोशीका अनुसार सार्वजनिक जग्गा अतिक्रमण गरेर १४ स्थानमा उद्योग स्थापना गरिनुका साथै २४ पक्की संरचना निर्माण गरिएको भेटिएको पाइएको छ । भीमदत्त नगर विकास समितिको तथ्याङ्क अनुसार नगर विकासको सार्वजनिक जमिन अतिक्रमण गरेर भीमदत्त नगरपालिका–५, वनखेत क्षेत्रमा मात्रै १४ उद्योग स्थापना गरिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)