हराउँदै राजा महेन्द्रले सिकार खेल्ने क्याम्प
gorkhapatraonline.com · Sat May 16 03:19:43 GMT 2026

वराहक्षेत्र, जेठ २ गते । सुनसरीको वराहक्षेत्र नगरपालिका–७ स्थित क्याम्प चौरीक्षेत्रमा रहेको ऐतिहासिक भग्नावशेष संरक्षणको अभावमा हराउँदै गएको छ । सप्तकोशी सामुदायिक वनभित्र रहेको उक्त स्थान तत्कालीन राजा महेन्द्रले सिकार खेल्न आउँदा बसोबास तथा विश्रामका लागि प्रयोग गर्ने अस्थायी क्याम्पका रूपमा परिचित थियो ।
चतरा र महेन्द्रनगरको बिचमा पर्ने क्याम्प चौरीक्षेत्रमा रहेको पुरानो संरचना अहिले भग्नावशेषमा सीमित बनेको छ । स्थानीयका अनुसार विसं २०१३÷१४ तिर राजा महेन्द्र सुनसरीको चुरे तथा वनक्षेत्रमा सिकार खेल्न आउँदा उक्त स्थानलाई अस्थायी क्याम्पका रूपमा प्रयोग गरिन्थ्यो । स्थानीय युवराज भट्टराईका अनुसार त्यहाँ पहिले इँटाले बनेका तीन वटा घर थिए । उहाँले भन्नुभयो, “गाईवस्तु चराउन जाँदा हामीले ती घर देख्थ्यौँ । अहिले त्यहाँ कुनै भवन छैन । भवन भएको स्थानमा अझै पनि इँटाका टुव्रmा भेटिन्छन् ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)