मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

ratopati.com · Mon Mar 02 23:21:29 GMT 2026

गण्डकी । आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन गण्डकी प्रदेशका ११ वटै जिल्लामा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । प्रदेश निर्वाचन सुरक्षा कमान्ड पोस्टका संयोजक एवं गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले निर्वाचन लक्षित सुरक्षा तयारी पूरा भएको बताए ।

“शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ”, उनले भने, “निर्धक्क भएर मतदानमा सहभागी हुन सबै मतदाताहरूमा आह्वान गर्दछौँ ।” सोमबार सबै मतदानस्थलमा सुरक्षाकर्मी पुगिसकेको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)