मतदाता सूचीबाट मेरो नाम हटाइयो : अभिनेता प्रकाश राज
ratopati.com · Tue Aug 11 09:58:06 GMT 2026

बेंगलुरु । बेंगलुरुको निर्वाचन क्षेत्रको मतदाता सूचीबाट आफ्नो नाम हटाइएको दाबी चर्चित भारतीय अभिनेता प्रकाश राजले गरेका छन्। मंगलबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत निर्वाचन प्रक्रियामाथि व्यंग्य गर्दै उनले आफ्नो मतदानको अधिकार हटाइएको बताएका हुन्।
‘फ्रेन्ड्स... तपाईं केही नागरिकको मतदान अधिकार रोज्न वा अस्वीकार गर्न सक्नुहुन्छ, जसले तपाईंलाई फेरि सत्तामा नपुर्याउन सक्छन्। तर के तपाईं हामीलाई तपाईंलाई सत्ताबाट तल झार्नबाट रोक्न सक्नुहुन्छ? सोधेको मात्रै हो ल,’ उनले आफ्नो पोस्टमा लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)