नेप्से परिसूचकमा झिनो वृद्धि, चार अर्ब ११ करोडको कारोबार
baahrakhari.com · Tue Aug 11 10:03:46 GMT 2026

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार (साउन २६) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ०.७९ अंकको सामान्य वृद्धि भएको छ । नेप्से परिसूचक ०.०३ प्रतिशतले बढेर २,६४१.८५ विन्दुमा पुगेर बन्द भएको हो ।
यस दिन बजारमा कुल ३४० कम्पनीका ९५ लाख ३४ हजार २२१ कित्ता सेयर खरिद–बिक्री भयो । चार अर्ब ११ करोड नौ लाख ७४ हजार ६७४ रुपैयाँबराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)