सरकारसँग चारबुँदे सहमतिपछि राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको आमरण अनशन स्थगित
ratopati.com · Tue Aug 11 10:12:32 GMT 2026

काठमाडौँ । सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय र हिन्दु हितको संरक्षणलगायतका माग राख्दै आमरण अनशनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले अनशन स्थगित गरेका छन्। मंगलबार सरकारसँग चारबुँदे लिखित सहमति भएपछि यादवले तत्कालका लागि अनशन स्थगित गरेका हुन्।
अध्यक्ष यादव गत साउन १४ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनशनमा बसेका थिए। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाका पीडितलाई न्याय, दीर्घकालीन नीतिगत स्पष्टता र सुरक्षा व्यवस्थाको माग गर्दै उनले ६ बुँदे माग अघि सारेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)