कांग्रेस सभापति थापा र नेता शेखर कोइरालाबीच भेटवार्ता
baahrakhari.com · Tue Aug 11 10:13:00 GMT 2026

काठमाडौंं । कांग्रेस सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । कांग्रेसको केन्द्रीय समिति बैठकअघि दुईजनाबीच भेटवार्ता भएको हो ।
कांग्रेसमा संस्थापन र इतरपक्षबीच बेमेल बढिरहेको अवस्थामा एकताको पहलका लागि दुईजनाबीच संवाद भएको हो । भेटमा नेता कोइरालाले बेमेलको अवस्था अन्त्य गर्न सभापति थापालाई आग्रह गरेका छन् । जवाफमा थापाले आफूहरू पनि एकताबद्ध पार्टीको पक्षमा नै रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)