म्यानचेस्टरको घरमै फुलहमको हमला
nepalpress.com · Sat Feb 24 18:25:15 GMT 2024
हेटौँडा । इंग्लिस प्रिमियर लिगको एउटा रोमाञ्चित खेलमा शनिवार म्यानचेस्टर युनाइटेड आफ्नै घरमा पराजित भएको छ । निकै उतार चढावले भरिएको महत्त्वपूर्ण खेलमा फुलहमले युनाइटेडको घरेलु दर्शकलाई निराश बनाउँदै २-१ को जित निकाल्न सफल भयो ।
निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो गोल खेलको ६५ औँ मिनेटमा सम्भव भएको थियो । फुलहमको लागि काल्भिनले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए । तर खेल सकिन एक मिनेट बाकी हुँदा म्या यु ले घरेलु दर्शकलाई खुसी बनाउँदै खेल बराबरीमा ल्यायो । ८९ औँ मिनेटमा ह्यारी म्यागुएरले गोल गरेपछि म्यानचेस्टर १-१ को अवस्थामा आयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)