मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रियल मड्रिड फर्किन सक्छन् जोजे मोरिन्हो !

shilapatra.com · Sat May 16 03:22:10 GMT 2026

रियल मड्रिडमा जोजे मोरिन्होको पुनरागमनको चर्चा फेरि चुलिएको छ । बेलायती सञ्चारमाध्यम द गार्डियन का अनुसार क्लबभित्र बढ्दो संकटबीच अध्यक्ष फ्लोरेन्टिनो पेरेज बलियो प्रशिक्षकको खोजीमा छन्, जसका कारण मोरिन्हो मुख्य विकल्पका रूपमा अगाडि आएका छन् ।

हाल बेन्फिकासँग आबद्ध मोरिन्होले नयाँ सम्झौताको प्रस्ताव पाए पनि अन्तिम खेलपछि मात्रै निर्णय लिने बताएका छन् । उनको सम्झौतामा सिजन सकिएको १० दिनभित्र क्लब छोड्न सक्ने प्रावधान रहेको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)