कार्यथलोमा विभेद र दुर्व्यवहारविरुद्ध मानवअधिकार आयोग पुगे नेपाल एयरलाइन्सका एयरहोस्टेस
nepalpress.com · Tue Aug 11 11:08:22 GMT 2026

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ विमान परिचारिका (क्याबिन क्रु) प्रजिता कार्की र सिर्जना केसीले कार्यस्थलमा आफूहरूमाथि लैङ्गिक विभेद, मानसिक हिंसा तथा दुर्व्यवहार भएको आरोप लगाउँदै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन्।
सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउँदै आफूहरूको रिट खारेज भएको भन्ने आधारमा ड्युटीबाट वञ्चित गरिएको भन्दै उनीहरूले मौलिक हक रक्षाका लागि आयोग गुहारेका हुन् । उनीहरूले क्याबिन क्रुहरुको समान अधिकारका लागि श्रम र सर्वोच्च अदालतसम्मको लडाइ अघि बढाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)