गण्डकी प्रदेशसभा बैठकः आर्थिक कार्यविधि विधेयक प्रस्तुत
dcnepal.com · Thu Apr 08 16:34:47 GMT 2021
गण्डकी । गण्डकी प्रदेशसभाको आजको बैठकमा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत भएको छ ।
बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश सञ्चित कोष र अन्य सरकारी कोषको सञ्चालन तथा व्यवस्थापन, बजेट तर्जुमा, निकासा तथा खर्च, आर्थिक कारोवारको लेखाङ्कन तथा प्रतिवेदन, आन्तरिक नियन्त्रण, लेखापरीक्षण तथा अन्य आर्थिक गतिविधिलाई व्यवस्थित गरी प्रदेश वित्तीय व्यवस्थापन प्रणालीलाई जिम्मेवार पारदर्शी, नतीजामूलक तथा उत्तरदायी बनाउन समष्टिगत आर्थिक स्थायित्व कायम गर्न र प्रदेशको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने व्यवस्थाका लागि विधेयक प्रस्तुत गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)