आईसीसी लिग–२ : ओमानसँग भिड्दै नेपाल, शीर्ष ६ स्थान जोगाउन जित्नैपर्ने दबाब
ratopati.com · Tue Oct 13 00:45:00 GMT 2026
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम शृङ्खला खेलिरहेको नेपालले मंगलबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे खेल सुरु हुनेछ । एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने लक्ष्यसहित मैदानमा उत्रिएको नेपालका लागि यो खेल निकै महत्त्वपूर्ण छ ।
आइतबार क्यानडालाई २४ रनले पराजित गरेपछि नेपालको शीर्ष ६ मा रहँदै ओडीआई मान्यता जोगाउने सम्भावना कायम छ । तर, एउटा जितले मात्र नेपालको स्थान सुरक्षित हुने अवस्था छैन । नेपालले बाँकी खेलमा पनि राम्रो प्रदर्शन गर्नुपर्नेछ । क्यानडासँगको अर्को प्रतिस्पर्धा र ओमानसँगका खेलले नेपालको लिग–२ यात्रा कहाँ पुगेर टुङ्गिन्छ भन्ने निर्धारण गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)