न्युकासललाई हराएपछि कभेन्ट्री रेलिगेसन क्षेत्रबाहिर
kendrabindu.com · Tue Oct 13 00:42:20 GMT 2026
काठमाडौं । कभेन्ट्री सिटीले इंग्लिस प्रिमियर लिगमा सोमबार न्युकासल युनाइटेडमाथि ४–१ को जित निकालेको छ । यससँगै फ्रान्क लाम्पार्डको टिम इंग्लिस माथिल्लो डिभिजनको १२७ वर्षको इतिहासमा सुरुआती चार खेल गुमाएर त्यसपछि लगातार दुई जित निकाल्ने पहिलो टिम बनेको छ ।
सुरुआती चार खेलमा कभेन्ट्रीले कुनै गोल पनि गरेको थिएन । अहिलेको जितपछि उसले रेलिगेसन क्षेत्र छाड्दै १४ औं स्थानमा उक्लेको छ । सन् २००५ यता कभेन्ट्रीको घरेलु मैदान सीबीएस एरेनामा ज्याक रुडोनी, सिडिकी चेरिफ, एलिस सिम्स र स्टेफन एमफुनीले गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)