रूसमा युक्रेनी आक्रमण : १३ जनाको मृत्यु, ७५ घाइते
khabarhub.com · Tue Aug 11 11:20:53 GMT 2026

एजेन्सी – रूसको तातारस्तान क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक बालकसहित कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
युक्रेनी ड्रोन आक्रमणले निज्नेकामस्क सहरमा दुई वर्षभन्दा लामो समयमा भएको सबैभन्दा घातक आक्रमण भएको बताएको छ । मस्कोबाट करिब एक हजार किलोमिटर पूर्वमा रहेको निज्नेकामस्कस्थित अत्याधुनिक तेल प्रशोधन केन्द्रलाई युक्रेनको सशस्त्र बलले निशाना बनाएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)