‘जनता चामल कुरिरहेका छन्, सांसदहरू सत्ता समीकरण’ : केपी खनाल
kalakarmi.com · Tue Aug 11 11:21:17 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले प्रदेश सरकारमा देखिएको राजनीतिक अस्थिरताले सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिमका जनता प्रभावित भएको बताएका छन् ।
मंगलवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले प्रदेश गठन भएको नौ वर्ष पूरा नहुँदै सात प्रदेशमा १४ जना मात्र मुख्यमन्त्री हुनुपर्ने अवस्थामा ४० पटकभन्दा बढी मुख्यमन्त्री परिवर्तन भइसकेको र ३३ जना व्यक्ति मुख्यमन्त्री पदमा पुगिसकेको बताए । उनले प्रदेश सरकार गठन र विघटनको खेल सबैभन्दा बढी राज्यको उपस्थिति र स्थिरता आवश्यक रहेका कर्णाली र सुदूरपश्चिम प्रदेशमा भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)