मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चाडपर्वमा यात्रा सहज बनाउन सडक मर्मत तीव्र

aarthiknews.com

चितवन । बाढी, पहिरो र वर्षाका कारण क्षति पुगेका सडक मर्मत गरी चाडपर्वमा यात्रा सहज बनाउन सडक डिभिजन कार्यालय भरतपुरले काम तीव्र पारेको छ। कार्यालयले राष्ट्रिय राजमार्गसहित आफ्नो मातहतका विभिन्न सडकखण्डमा खाल्डाखुल्डी पुर्ने र भत्किएका स्थान मर्मत गर्ने कामलाई प्राथमिकता दिएको हो।

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार यस वर्ष वर्षायाममा आएको बाढी, पहिरो र वर्षाले विभिन्न स्थानका सडकमा क्षति पुर्‍याएको छ। चाडपर्वमा सवारीसाधन र यात्रुको चाप बढ्ने भएकाले सडक मर्मतलाई तीव्रता दिइएको उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)