ऋणको तनावमा थिए विजय पौडेल, निधनको अघिल्लो दिन पनि खोज्दै थिए ऋणदाता
bishowkhabar.com · Tue Oct 13 00:54:55 GMT 2026

काठमाडौं – आइतबार दिउँसो १२ बजेर ३७ मिनेट । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको मोबाइलमा पूर्वसांसद एवं वामपन्थी नेता डा. विजय पौडेलको फोन आयो । चितवनमा रहेका पाण्डेसँग पौडेलले एक जना परिचित व्यक्तिसँगको सम्बन्धबारे सोधे । केही समयदेखि सम्पर्क नभएको जवाफ पाएपछि उनले ‘ए१’ भन्दै फोन राखे । उनीहरूबीचको कुराकानी जम्मा ५९ सेकेन्ड चलेको थियो ।
त्यो फोन राजनीतिक नियुक्ति वा पार्टीको समीकरणका लागि थिएन । पौडेल आर्थिक संकटमा थिए र उनलाई केही समयका लागि ऋण चाहिएको थियो । त्यसका लागि चिनजानका व्यक्तिसँग सम्पर्क गराइदिन सकिन्छ कि भन्ने उनको अपेक्षा थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)