मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चियाको चुस्कीसँगै थ्रि–डी पिक्चरको मजा लिने होइन ?

baahrakhari.com · Thu Mar 25 00:59:00 GMT 2021

काठमाडौं । नेपालको पहिलो थ्रि–डी पिक्चर र फोर–डी अन्तरक्रिया स्थल सञ्चालनमा आएको छ । यो व्यवसायमा पाँचजनाले लगानी गरेका छन् । जसमध्ये एक हुन्, प्रदिप शर्मा । तीन हप्ताअघि मात्र सञ्चालनमा आएको हो । दर्शकलाई लक्षित गरेर सञ्चालक समूहले हरेक ६ महिनामा यस ठाउँको डिजाइन र पेन्टिङ परिवर्तन गर्ने योजना बनाएको छ ।

लकडाउनको समयमा फुरेको यो सोच थाइल्याण्डबाट प्रभावित भएको हो । पछिल्लो समयमा टिकटक प्रेमीहरुका लागि यो स्थान विशेष आकर्षणको केन्द्र बनेको छ । शनिबार यहाँ निकै भिड हुने गरेको छ । यहाँ आगमनकर्ताले चियाको चुस्कीको मजा पनि लिन सक्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)