पोखरामा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु
ratopati.com · Tue Aug 11 11:55:39 GMT 2026

पोखरा। कास्कीको पोखरामा मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु गएको छ । पोखरा– २५ हेम्जास्थित म्याग्दीचोकमा ग १४ प २५१७ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण मंगलबार अनियन्त्रित भई दुर्घटनामा परेको हो।
मोटरसाइकलको पछाडि सवार १६ वर्षका अनिल विकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)