सभ्य र मर्यादित ढङ्गबाट चाडपर्व मनाउन प्रशासनको आग्रह
gorkhapatraonline.com · Tue Oct 13 01:18:03 GMT 2026

जिल्ला प्रशासन कार्यालय गुल्मीले सभ्य र मर्यादित ढङ्गबाट चाडपर्व मनाउन आग्रह गरेको छ। बडादसैँ, शुभ दिपावली, छठ लगायतका चाडपर्वको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी मोतीराम सापकोटाले चाडपर्वलाई सार्वजनिक स्थलमा भीडभाड, हो–हल्ला र हुलदङ्गा नगरी सभ्य र मर्यादित ढङ्गबाट चाडपर्व मनाउन आग्रह गर्नुभयो।
प्रमुख जिल्ला अधिकारी सापकोटाले पर्वहरुलाई मर्यादित, सुरक्षित र सभ्य रुपमा मनाउन जिल्लावासीसमक्ष विशेष आग्रह गर्नुभयो। चाडपर्व हाम्रा संस्कृति, परम्परा, आपसी सद्भाव र एकता झल्काउने मौलिक धरोहर भएको भन्दै उहाँले सबै नागरिकबीचको आपसी सहयोग, सम्मान र सामाजिक अनुशासन पालनाले मौलिक धरोहरहरुको जर्गेना गर्ने बताउनुभयो। समाजलाई गतिशिल र सभ्य बनाउन तथा सामाजिक ऐक्यबद्धता कायम गर्न चाडपर्वले योगदान पुर्याउने उहाँको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)