अत्यधिक गर्मीले गुलरियाका विद्यालय थप ६ दिन बन्द
baahrakhari.com · Fri May 31 17:54:23 UTC 2024

बर्दिया । अत्यधिक गर्मीका कारण गुलरिया नगरपालिकाका विद्यालय थप ६ दिनका लागि बन्द गर्ने निर्णय भएको छ । यसअघि जेठ १६ देखि १८ गतेसम्म विद्यालय बन्द गरिएको थियो ।
गर्मी कम नभएपछि नगर शिक्षा समितिले थप ६ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख सतिश यादवले जानकारी दिए । बर्खे बिदाबाट कट्टा हुने गरी र विद्यालयको प्रशासनिक कार्यमा बाधा नपर्ने गरी पठनपाठन कार्य मात्र बन्द गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)