दार्चुला घटनाको सत्यतथ्य छानबिन गर्न नेता कोइरालाको माग
abhiyandaily.com
विराटनगर । दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको विषयमा सत्यतथ्य छानबिन गर्न प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले माग गरेका छन् । बिहीवार १ नम्बर प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै नेता कोइरालाले उक्त माग गरेका हुन् । दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका धामीको विषयमा विभिन्न कुरा समाचार सार्वजनिक भइरहेका बेला छानबिन गरेर यथार्थ बाहिर ल्याउन उनले सभामुखमार्फत माग गरेका हुन् ।
नेता कोइरालाले सुनसरीको दुहबी र इनरुवा सडकखण्ड निर्माण गर्न समेत सभामुखमार्फत प्रदेश सरकारलाई आग्रह गरे । लामो समयदेखि इनरुवा दुहबी सडकखण्ड निर्माण नहुँदा स्थानीयवासीका साथै सवारीसाधान आवतजावतमा समस्या भएको भन्दै उक्त बाटो निर्माणका लागि तदारुकता देखाउन प्रदेश सरकार समक्ष माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)