अख्तियार प्रमुख राईलाई भ्रष्टाचारविरुद्ध आक्रामक कारबाही गरी काम देखाउने मौका
barnanmedia.com · Mon Oct 06 21:21:09 GMT 2025

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई अहिलेसम्मकै प्रशासकहरुमा निर्भीक र निष्ठावान् मानिन्छन् । बालुवाटार जग्गा घोटाला प्रकरणलाई निकै ठूलो साहसका साथ उनले आफू गृहसचिव हुँदा पूर्वसचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा समिति बनाएर अध्ययन गर्न लगाएका थिए । त्यही प्रतिवेदनले यो प्रकरण सतहमा मात्र ल्याएन, अख्तियारका लागि अहिलेसम्मकै ठूलो घोटाला काण्ड अदालत लैजाने आधार पनि बनायो ।
तिनै राईलाई केपी शर्मा ओलीदेखि शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले अनेक धम्की र दबाब दिए । उनीहरुले आफ्ना विरोधी तह लगाउन र आफूनिकटका व्यक्तिहरुको भ्रष्टाचार काण्ड दबाउन अनेक कोसिस गरे । तर, राईले उनीहरुको दबाब र प्रभावमा नपरी काम अघि बढाएपछि पुराना तीन ठूला दलका तीनै नेता राईलाई हटाएर आफ्ना एस म्यान नियुक्त गर्ने कोसिसमा लागेका थिए । उनीहरुले त्यो तानाबाना बुनिरहेकै बेला जेनजी आन्दोलनले भ्रष्टाचारकै एजेन्डा उठाएर पुराना दलहरुको सिन्डिकेट ध्वस्त पारिदियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)