क्रिकेट विश्वकप लिग २ : नेपालले आज ओमानसँग खेल्ने
kendrabindu.com · Tue Oct 13 01:45:24 GMT 2026
काठमाडौं । नेपालले क्रिकेट विश्वकप लिग २ मा मंगलबार घरेलु टोली ओमानको सामना गर्नेछ । ओमानको मस्कटमा भइरहेको शृंखलामा दुवै टोलीले पहिलो खेलमा सफलता पाएको थियो । दुवैले क्यानडालाई हराएको हो ।
ओमानले शुक्रबार क्यानडालाई ४१ रनले हराएको थियो । यस विजयले ओमानलाई लिग २ को अंकतालिकामा शीर्ष चारभित्र पर्ने सम्भावना लगभग निश्चित गरेको थियो । नेपालले आइतबार क्यानडामाथि २१ रनको जित पाएको हो । यो जितले नेपाल पुनः शीर्ष ६ भित्र पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)