परराष्ट्रमन्त्री खनाल र बेलायतका रक्षामन्त्री जोन हिलीबीच भर्चुअल वार्ता
barnanmedia.com · Mon Jun 08 22:32:33 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका रक्षामन्त्री जोन हिली तथा भूतपूर्व सैनिक तथा जनसम्बन्धसम्बन्धी मन्त्री लुइस स्यान्डर जोन्सबीच आज भर्चुअल वार्ता भएको छ ।
बैठकमा बेलायती गोरखा सैनिकहरूको लामो समयदेखि समाधान हुन नसकेको समस्या र विशेषगरी समानुपातिक पेन्सनको माग प्रमुख रूपमा उठाइएको थियो । मन्त्री खनालले नेपाल–बेलायत सम्बन्धमा गोरखा सैनिकहरूको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको समस्याको छिटो, न्यायोचित र दुवै पक्षलाई स्वीकार्य समाधान आवश्यक रहेको बताए । उनले न्याय, समानता र सम्मानको दृष्टिकोणबाट यी विषय टुंग्याउन बेलायती सरकारलाई आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)