पशुधन तथा कृषि उत्पादकत्वमा जलवायु परिवर्तनको प्रभाव अनि अनुकूलन
rajdhanidaily.com · Tue Jul 06 23:24:28 GMT 2021
कृषि उत्पादन जलवायु परिवर्तन तथा मौसममाथि प्रत्यक्ष निर्भर हुन्छ । तापमान वर्षा तथा कार्बनडाइअक्साइडमा सम्भावित परिवर्तनले बालीनालीको वृद्धिलाई पनि सिधै तरिकाले प्रभावित गर्छ । सफल अनुकूलन तथा पर्याप्त सिँचाइको बाबजुद दुनियाँभरिमा खाद्य उत्पादनमा जलवायु परिवर्तनको समग्र प्रभाव छ । जुन कि बेग्लाबेग्लै स्थानहरूमा कहीँ कम त कहीँ मध्यमस्तरको मानिन्छ । जलवायु परिवर्तनका कारणले हामीकहाँ पनि तापमानमा अधिक मौसमी परिवर्तन अनुभव हुन लागेको छ । पछिल्लो सालको तुलनामा जाडोमा अधिक गर्मी हुनाका साथै गर्मीमा पनि तापमानमा भिन्नता हुन थालेको छ । जसको अनुभूति हिजोसम्म हामी गर्दै छौं । भारतीय उपमहादीपले सन् १९९१ देखि २००९ सम्ममा ठूलो मात्रामा २३ पटक खडेरीको अनुभव गरेको छ र खडेरीको आवृत्ति बढिराखेको छ । जलवायु परिवर्तन कृषि तथा खाद्य सुरक्षाको लागि ठूलो खतरा मान्नुपर्ने अवस्था छ । वर्तमानमा हामी यी र यस्ता चुनौतीपछि पनि खाद्य आपूर्ति सुरक्षित गर्न सक्षम भएका छौं । सबै जलवायु मोडेल (नमुना)ले भविष्यवाणी गरेका छन् अझ कठोर मौसम हुनेछ अझ बढी खडेरी पर्नेछ, भारी वर्षा अनि आँधी, हुरीका साथ उत्पन्न हुने खराब मौसमको स्थितिबाट कृषिजन्य उत्पादन प्रभावित हुनेछ । वायुमण्डलीय कार्वनडाइ अक्साइडको बढ्दो स्तरका कारण भूमण्डलीय आबोहावा तात्नेछ ।
देशको बढ्दो जनसंख्यालाई खुवाउने माग पूरा गर्न देशका किसानले बढी अन्न उत्पादन गर्नुपर्ने आवश्यकता छ । यद्यपि कृषिक्षेत्रले देशको सकल घरेलु उत्पादन झन्डै ३० प्रतिशतको हाराहारीमा योगदान पु¥याउँछ अनि ७० प्रतिशतमाथिको जनसंख्या आफ्नो आजीविकाका लागि कृषिमा निर्भर गर्छन् । त्यसमाथि वर्षाले सहरीकरण जनसंख्या वृद्धि एवं औद्योगिकीकरणका कारण पानीको माग तेजीले बढिराखेको छ । यसबाहेक नेपालमा बालीनाली भूमि उपयोगको प्रवृत्तिमा परिवर्तन, भूजलको अधिक दोहन एवं सिँचाइ तथा जल निकासमा परिवर्तनले कैयौं क्षेत्रमा जलचक्रलाई प्रभावित गरेको छ । पानीको उपलब्धता, गुणस्तर तथा मात्रा कृषि उत्पादन बढाउन सबैभन्दा महŒवपूर्ण कारकमध्ये एउटा मानिन्छ । यसका साथै हरितगृह ग्यास उत्सर्जन कम गर्न नीति एवं प्रोद्योगिक लागू गर्न पनि आवश्यक छ । कृषिको विकास सिधैं जलवायुमाथि निर्भर छ, किनकि तापमान, घाम र पानी बालीनालीका मुख्य चालक हुन् । जलवायु परिवर्तनले हाम्रो वर्तमान बालीनाली चक्रलाई धेरै नोक्सानी पु¥याएको छ र भविष्यमा अझ बढी गम्भीर परिणाम हुन सक्छ । तापमानमा हुने प्रत्येक १ डिग्री सेन्टिग्रेटको वृद्धिसँगै गहुँको उत्पादनमा ५ देखि १० प्रतिशतसम्म गिरावट हुने भविष्यवाणी गरिन्छ साथै २१सौं शताब्दीको मध्यसम्म दक्षिण एसियामा सालाखाला बालीनालीको उत्पादन ३० प्रतिशतसम्म घट्न सक्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)