सभामुख र अष्ट्रेलियाका लागि नेपालका राजदूतबिच शिष्टाचार भेटवार्ता
ratopati.com · Tue Aug 11 12:41:41 GMT 2026

काठमाडौँ । सभामुख डोल प्रसाद (डीपी)अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अर्न्स्टले मंगलबार शिष्टाचार भेट गरेका छन्। सङ्घीय संसद्, प्रतिनिधि सभाका सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो।
भेटवार्तामा सभामुख अर्यालले सङ्घीय संसद्ले नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह गठन गरेको जानकारी गराउँदै संसदीय मैत्री समूहलाई प्रभावकारी रूपमा परिचालन गरी दुवै देशका सांसदबीच नियमित आदानप्रदान र संस्थागत संलग्नता बढाउनुपर्नेमा जोड दिए। उनले साझा हितका क्षेत्रमा सहकार्य विस्तार तथा पारस्परिक समझदारी अभिवृद्धिका लागि संसदीय मैत्री समूहले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)