संखुवासभा सामूहिक हत्या प्रकरण: प्रमुख योजनाकार नै अर्कै, यसरी बन्यो हत्या योजना
lokaantar.com · Tue Sep 21 00:26:36 GMT 2021
गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले उनीहरूकै आफन्त २६ वर्षीय लोकबहादुर कार्कीलाई उभ्याएको थियो । हत्या भएको पाँचांै दिन पक्राउ परेका हत्यारा भनिएका लोकबहादुर नातामा तेजबहादुरकै भतिजा थिए । उनी एक्लैले ६÷६ जनाको हत्या गरेको प्रहरीले सार्वजनिक गरेको थियो ।
तर, अहिले सो घटनामा उनी मात्र नभई थप चार जनाको संलग्नता रहेको दाबी प्रहरीले गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी प्रहरीले अन्य अभियुक्तसमेतलाई सार्वजनिक गरेको छ । प्रहरीले ६÷६ जनाको नृशंस हत्याका मुख्य योजनाकार लोकबहादुर नभई अर्कै व्यक्ति भएको र अघिल्लो दिन भएको योजना मुताबिक हत्या भएको खुलासा पनि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)