लुम्बिनीमा पनि घटाइँदै मन्त्रालय
annapurnapost.com · Sat May 16 03:31:34 GMT 2026

दाङ : लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने तयारी गरेको छ। मुख्यमन्त्री कार्यालयसहित हाल १२ वटा मन्त्रालय रहेको लुम्बिनीमा अब घटाएर ८ वटामा झार्ने तयारी गरिएको हो।
लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ देखि मन्त्रालयको संख्या ८ वटा कायम गर्ने गरी गृहकार्य अघि बढाएको सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले यस विषयमा जानकारी दिए। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथाशीघ्र मन्त्रालयको संगठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)