३ जना फरार कैदी धादिङबाट पक्राउ
barnanmedia.com · Mon Oct 06 22:10:50 GMT 2025

जेलबाट भागेका ३ जना कैदीबन्दीलाई प्रहरीले धादिङबाट पक्राउ गरेको छ । दार्चुला, भिमफेदी र सिन्धुली कारागारबाट भागेका कैदीबन्दीलाई पक्राउ गरिएको धादिङका एसपी भेषराज रिजालले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा धादिङको त्रिपुरासन्दरी गाउँपालिका–७ घर भएका ३६ वर्षीय केशव थापामगर, गल्छी–५ घर भएका ३८ वर्षीय राजकुमार तामाङ र धुनिवेशी–८ घर भएका २७ वर्षीय विश्व मिजार छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)