जेनजी अन्दोलनपछि नेकपा एमालेमा पार्टी निरन्तरता कि ईश्वरलाई कार्यवाहक ?
barnanmedia.com · Mon Oct 06 22:19:04 GMT 2025

जेनजी अन्दोलनपछि नेकपा एमालेमा पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको बहस थप पेचिलो बनेको छ । पार्टी अध्यक्ष नै प्रधानमन्त्री भएका वेला संविधान र व्यवस्थामै धक्का पुग्नेगरी भएको परिवर्तन, विध्वंश र फेरिएको राजनीतिक कोर्षपछि नैतिकताका आधारमा ओलीले पार्टी नेतृत्व छाड्नुपर्ने दबाब चर्को बन्दै गएको छ । यद्यपि यो बहस पार्टीको कुनै कमिटी र औपचारिक बैठकमा प्रवेश भइसकेको छैन ।
परिवर्तित अवस्थामा नेताहरूबिच आपसी संवाद र छलफलका क्रममा ओलीको विकल्प के, को र कसरी भन्ने प्रश्नको जबाफ नेताहरूपिच्छे नै फरक–फरक सुनिने गरेको छ । एमालेका नेताहरूले गर्ने आन्तरिक कुराकानी, छलफल र बहसमा कतिपयले अप्ठ्यारो अवस्थामा हालको नेतृत्व परिवर्तन गर्न उचित नहुने तर्क गरिरहेका छन् । यो तर्क गर्नेहरूमा महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र प्रदीप ज्ञवाली खुलेका छन् । यी तीन बाहेकका नेताहरू भने ओलीले नेतृत्व छाडेर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कार्यवाहक अध्यक्ष बनाउँदै महाधिवेशनमा गएर नयाँ नेतृत्व छनोट गर्नुपर्ने लाइनमा छन् । अध्यक्ष ओली भने यी दुवै तर्कलाई स्वीकार गर्ने पक्षमा छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)