बर्दिवास नगरद्वारा सर्पदंश उपचार केन्द्रलाई भेन्टिलेटर सहयोग
ekantipur.com · Thu Jun 08 16:36:39 GMT 2023
महोत्तरी — महोत्तरीको बर्दिवासमा रहेको सर्पदंश उपचार केन्द्रलाई बर्दिवास नगरपालिकाले प्रोटेबल भेन्टिलेटर र 'अक्सिजन कन्सन्ट्रेटर' हस्तान्तरण गरेको छ ।
गर्मी समयमा सर्पको प्रकोप हुने भएकाले उपचारमा सहजताका लागि भेन्टिलेटर हस्तान्तरण गरेको बर्दिवास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्रीले जानकारी दिए । सर्पले टोकेपछि बिरामीको मनोबल कमजोर हुने र बर्दिवासमा भेन्टिलेटर संचालन नहुँदा बिरामीको ज्यान गइरहेका आवाज उठेपछि केन्द्रलाई भेन्टिलेटर दिने निर्णय गरेको नगरप्रमुख क्षेत्रीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)