सोमालियाका विस्थापित शिविरमा बाल कुपोषण बढ्दै
khabarhub.com · Tue Aug 11 13:25:10 GMT 2026

मोगादिशु- दक्षिण–पश्चिम सोमालियाको बाइदोआस्थित विस्थापित शिविरमा रहेका बालबालिकामा कुपोषणको अवस्था भयावह बन्दै गएको ‘डाक्टर्स विदाउट बोर्डर्स’ (एमएसएफ)ले जनाएको छ । एमएसएफका अनुसार जनवरीयता बाइदोआमा पाँच वर्षमुनिका २१ हजारभन्दा बढी बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा करिब ५० प्रतिशतमा कुपोषण देखिएको संस्थाले जनाएको छ । दक्षिण–पश्चिमी बाइदोआका १४ विस्थापित शिविरका ८८८ घरपरिवारमा जुलाईमा गरिएको सर्वेक्षणमा केवल दुई प्रतिशत परिवारले मात्र दैनिक तीन छाक खान पाउने अवस्था रहेको पाइएको थियो ।
एमएसएफका चिकित्सा संयोजक मिचेल साङमाले बाइदोआमा गम्भीर मानवीय सङ्कट उत्पन्न भएको बताइन् । उनका अनुसार जनवरीयता कुपोषित बालबालिकालाई स्वास्थ्य संस्थामा भर्ना गर्ने क्रम उल्लेख्य रूपमा बढेको छ । एमएसएफले कुपोषित बालबालिकाको उपचारका लागि आफ्नो स्वास्थ्य केन्द्रको क्षमता जुनमा ५० शय्याबाट बढाएर १२० पुर्याएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)